अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

एमालेका अन्तिम प्रधानमन्त्री ओलीनै हुन् !

बिआरटीनेपाल २०७७ चैत २३ गते ८:२० मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेका अन्तिम प्रधानमन्त्री हुने बताउनुभएको छ।सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले प्रधानमन्त्री ओली एमालेबाट प्रधानमन्त्री हुने अन्तिम प्रधानमन्त्री हुनसक्ने बताउनुभएको हो।

गत निर्वाचनका बेला गोरखाको पालुङटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने भनेको प्रसंग कोट्याउँदै कँडेलले भन्नुभयो, ‘जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो, त्यही शब्दमा भन्ने हो भने र यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन्। त्यसपछि अगाडि बढ्न सक्दैन।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू