अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

सर्वाेच्चका लागि प्रस्तावित २ न्यायाधीशको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुने

बिआरटीनेपाल २०७७ चैत २२ गते ८:३३ मा प्रकाशित

सर्वाेच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँुडाल र नहकुुल सुवेदीको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुने भएको छ । संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुँडाल र सुवेदीको सुुनुुवाइ वैशाख ३ गते गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिको आजको बैठकले उहाँहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुुरीकर्तालाई बोलाएर जानकारी लिएको छ । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध २ र सुुवेदीका विरुद्ध ५ वटा उजुरी परेका छन् । उजुुरीकर्ताले उठाएका योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू