अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

भैरव रिसालको अभिनन्दन हुने, रसिक र ढकाललाई शङ्कर लामिछाने पुरस्कार प्रदान गरिने

बिआरटीनेपाल २०७७ फागुन २६ गते १८:०१ मा प्रकाशित

काठमाडौँ । शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९४ औ जन्मोत्सव समारोह आगामी २०७७ चैत ५ गते मनाउने भएको छ ।

सो अवसरमा वरिष्ठ पत्रकार एवं लेखक भैरव रिसाल (१९८५)लाई अभिनन्दन गर्ने निर्णय गरेको छ भने दया फाउन्डेसनलाई सम्मान गर्ने भएको छ ।

रिसालका साधुलाई सुली (जेल डायरी), लोग्ने स्वास्नी र केही मित्रका चिठी (ई. स. २००१) जस्ता कृतिहरू विभिन्न फुटकर रचनाहरू प्रकाशित रहेका छन् ।

दया फाउन्डेसनले सामाजिक रूपमा शिक्षा, स्वास्थ्य र संस्कृतिलगायतका क्षेत्रमा योगदान गर्दै आएको छ भने शङ्कर लामिछाने प्रतिष्ठानलाई पनि सहयोग प्रदान गर्ने गरेको छ ।

यसै गरी वरिष्ठ साहित्यकार गणेश रसिकलाई नगद रु. पचास हजार राशिसहितको शङ्कर लामिछाने निबन्ध पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यसै गरी प्रतिष्ठानले निबन्धकार प्रतीक ढकाललाई नगद रु. पच्चीस हजार राशिसहितको शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ ।

साहित्यकार रसिकका संस्मरण कृतिहरू “जब सिस्नुहरू टेक्दै हिँडे” (२०५५), “दश गजामा उभिएर” (२०६३) लगायत विभिन्न कृतिहरू प्रकाशित रहेका छन् ।

यसै गरी नियात्राकार प्रतीक ढकालका वियोन्ड द हिमालयज (२०५९), हिमाल पारी पुगेपछि (२०६१), सेती पनि काली पनि (२०६३), सगरमाथाको आधार शिविरबाट (२०६३)लगायत विभिन्न कृतिहरू प्रकाशित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू