अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

कांग्रेसले बोलायो पदाधिकारी बैठक

बिआरटीनेपाल २०७७ फागुन १२ गते ८:१२ मा प्रकाशित

नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो तीन बजेका लागि पदाधिकारीको बैठक बोलाउनुभएको हो  । बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा पदाधिकारीसहित पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा संसद् पुनर्स्थापनापछि कांग्रेसको अबको रणनीति, विकसित पछिल्लो राजनीतिक घटनाक्रम, नेकपा प्रचण्ड–नेपाल समूहसँग भएको छलफललगायतका विषयमा कुराकानी हुनेछ । यसअघि बुधबार दिउँसो सभापति देउवासँग नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बूढानीलकण्ठस्थित निवासमै पुगेर छलफल गर्नुभएको थियो ।

छलफलमा प्रचण्ड र नेपालले मिलेर अघि बढ्ने प्रस्ताव देउवालाई गरेका थिए । तर, सभापति देउवाले पार्टीभित्र छलफल गरेर आफू निर्णयमा पुग्ने जवाफ प्रचण्ड–नेपाललाई दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू