अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

“लभ इन जेरुसलम” उपन्यासको लोकार्पण सम्पन्न

बिआरटीनेपाल २०७७ फागुन ८ गते १९:५३ मा प्रकाशित

साहित्यिक पत्रकार सङ्घले उपन्यासकार कल्पना खरेलको “लभ इन जेरुसलम” उपन्यासको हिजो २०७७ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर स्वच्छन्द पाटी प्यालेस, काठमाडौँमा लोकार्पण गर्‍यो ।

वरिष्ठ पत्रकार एवं साहित्यकार गोपालप्रसाद थपलियाको प्रमुख आतिथ्यतामा आयोजित सो समारोह साहित्यिक पत्रकार सङ्घ अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि थपलियाले लेखक खरेलको लेखनको चर्चा गर्दै उपन्यासको महत्वमाथि प्रकाश पार्नु भएको थियो । साथै उहाँले उपन्यासकार कल्पना खरेललाई दोसल्ला लगाएर सम्मान पनि गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष राधेश्याम लेकालीले विमोचित कृतिको चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यसै गरी कार्यक्रममा विशेष अतिथिहरू गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकारहरू डा. बन्धु कोइराला र प्रमोद र प्रधानले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सोही कार्यक्रममा सङ्घका पूर्व कोषाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का वर्तमान केन्द्रीय उपाध्यक्ष साहित्यकार बाबा बस्नेत र साहित्यकार प्रदीपकुमार मैनालीले पुस्तकको परिचर्चा गर्नु भएको थियो ।

सङ्घका सदस्य साहित्यकार दामोदर पुडासैनीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा साहित्यकार किरण आचार्य (नेपालगन्ज) र सङ्घका महासचिव पुष्पा खनालले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

उपन्यास “लभ इन जेरुसलम” इजरायलको परिवेशमा लेखिएको छ । कार्यक्रममा उपन्यासकार कल्पना खरेलले आफ्नो लेखकीय अनुभव र सो उपन्यासको चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार एवं अनेसास BOT सदस्य एवं अनेसास नेपाल कार्यसमिति सदस्य कमला रिसालले राष्ट्रिय गीत गाउनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार कृष्ण धरावासी, अनेसास नेपालका उपाध्यक्षहरू दिव्य गिरी र छवि रमण सिलवाल, कार्यसमिति सदस्य मन्जिला अनिल र कमला रिसाल, साहित्यकारहरू सुशीला देउजा, शान्ति रिसाल, प्रकाश घायल, दुर्गा तिवारी, प्रदीप रिजाल, रुपा पौडेल आदिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू