अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

४१ वर्षीय मरिपोभ किर्गिस्तानका नयाँ प्रधानमन्त्री

बिआरटीनेपाल २०७७ माघ २२ गते ६:२० मा प्रकाशित

किर्गिस्तानको संसदले उलुक्बेक मरिपोभलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको छ । संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।संसद् बैठकमा बोल्दै नवनिर्वाचित प्रधानमन्त्री ४१ वर्षीय मरिपोभले नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को संख्या घटाइएको छ भने उपप्रधानमन्त्रीको सख्या एक मात्रै गरिएको छ ।त्यसैगरी मन्त्रीहरूको संख्या पनि १६ मा झारिएको छ । यसअघि मन्त्रीहरूको संख्या २२ रहेको थियो । केही मन्त्रालयहरू गाभेर वा आधा आधा बाँडेर नयाँ मन्त्रालय बनाएको छ भने केही मन्त्रालयमा सामान्य परिवर्तन गरिएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टीङ चेम्बरको अध्यक्षको रूपमा कार्यरत हुनुहुन्थ्यो । एकाउन्टीङ चेम्बर किर्गिस्तानको लेखापरीक्षणसम्बन्धी राज्यको निकाय हो । यही जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडीर झापारोभले राजीनामा दिएपछि उहाँ किर्गिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्नुपरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू