अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

केन्द्रीय सदस्य बन्ने डरले मानिसहरु बालुवाटारतिर जानै डराउँछन्ः अध्यक्ष  नेपाल

बिआरटीनेपाल २०७७ माघ ४ गते ५:४७ मा प्रकाशित

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताउनु भएको छ । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ पुग्नु भएका नेपालले केन्द्रीय सदस्य बन्ने डरले मानिसहरु बालुवाटारतिर जानै डराउने गरेको प्रतिक्रिया दिनुभएको छ । ओलीले केन्द्रीय सदस्य मनोनित गरेकामध्ये दुई सय जनाले अस्वीकार गरिसकेको उहाँको भनाइ छ ।

एक सयको हाराहारीमा रहेकाहरुले एक हजार ५ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाएको र त्यो संख्या पाँच हजार पुग्ने अध्यक्ष नेपालको दावी छ । ओलीमा आफू महाराजा बनेको र भारदारहरुबाट प्रशंसा खोज्ने प्रवृत्ति रहेको नेपालको टिप्पणी छ । प्रतिनिधिसभा विघटन गरेर ओली आफैं काम चलाउ सरकारको प्रधानमन्त्री बनेको उहाँले बताउनुभयो ।

यस्तो प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनदेखि दीर्घकालीन महत्वको काम गर्न नमिल्ने नेपालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू