अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

नेपालमा गत २४ घण्टामा ५ सय २२ जनामा कोरोना सङ्क्रमण

बिआरटीनेपाल २०७७ पुष २१ गते ७:०६ मा प्रकाशित

नेपालमा गत २४ घण्टामा ५२२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण अनुसार आज ४ हजार ५ सय ५१ जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा १९ लाख ५२ हजार ९०३ जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको छ । केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या घटिरहेको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू