अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारको निर्देशन

बिआरटीनेपाल २०७७ मंसिर ३० गते ५:०२ मा प्रकाशित

उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारले निर्देशन दिएको छ । गृह मन्त्रालयमा मङ्गलबार बसेको बैठकले किसानलाई भुक्तानी नदिने व्यापारीलाई आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उज्यालोलाई जानकारी दिनुभयो । व्यापारीहरूले भुक्तानी दिनै मानेनन् भने अन्तिम विकल्पको रूपमा पक्राउसमेत गर्न सकिने निर्णय भएको प्रवक्ता बुढाको भनाइ छ ।

गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा कृषिमन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठी सहभागी हुनुभएको थियो । उखुको भुक्तानी नपाएपछि अहिले उखु किसानले काठमाण्डौमा आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू