अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

“ओली सरकारविरुद्ध सडकमा उत्रिएको काँग्रेसलाई बधाई ”- डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७७ मंसिर २९ गते ६:५१ मा प्रकाशित

जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले गरेको भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएकोमा काँग्रेसलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रिएको काँग्रेसलाई सामाजिक सञ्जालमार्फत डा.भट्टराईले बधाई दिनुभएको हो ।

लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्य क्षेत्रमध्ये सरकारमा सत्तापक्षको सदन तथा सडकमा विपक्षीको अधिकार र कर्तव्य रहने डा.भट्टराईले बताउनुभयो । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखाएर स्थगित सदन बोलाउन पहल गर्नुपर्ने भट्टराईको माग छ । आफ्नो पार्टी पनि छिट्टै एकता समायाजनको काम सकर सडक र सदनमा गर्जने भट्टराईले बताउनुभयो ।

‘ओली सरकारको निरंकुशतारकुशासनविरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ,’ भट्टराईले भन्नुभएको छ , ‘अब सदन बोलाउन पहल गरौं । जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक÷सदनमा गर्जन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू