अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

“सरकार असफल बनाउने खेलले आर्थिक क्रान्ति शुरु हुन सकेन”- मन्त्री गुरुङ

बिआरटीनेपाल २०७७ मंसिर २८ गते ६:५७ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री पावर्त गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्ति शुरु हुन नसकेको दावी गर्नभएको छ । नेपाल हस्तकला महासंघको ४८ औं वार्षिकोत्सव एवं नवौं हस्तकला दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले राजनीतिक स्थिरता कायम भएपछिको सरकारलाई पनि असफल बनाउने प्रयास हुँदा देशमा आर्थिक क्रान्तिको शुरुवात हुन नसकेको बताउनुभएको छ ।

सरकारलाई असफल बनाएर नेपालमा बहुमतको सरकार टिक्न सक्दैन भन्ने म्यासेज दिन खोजिएको पनि मन्त्री गुरुङले बताउनुभएको छ । नेपाललाई छिमेकी मुलुकहरुले गरि खाएको देख्न नचाहने परिस्थितिले पनि राजनीतिक स्थिरता कायम हुन नसकेको टिप्पणी मन्त्री गुरुङले गर्नुभयो

राजनीतिक पार्टीहरु र नेताहरुको बीचमा देखिएको असन्तुष्टिले फेरि पनि देशलाई असफल बनाउने दिशातर्फ धकेल्ने उहाँले बताउनुभयो । देशमा कुनै एक पार्टीको सरकार टिकाउने वा नटिकाउने भन्दा पनि मुलुकलाई स्थिरतातर्फ लैजाने समृद्धितर्फ लैजानको निम्ति वातावरण बन्नुपर्ने उहाँको भनाई थियो । तर त्यस्तो वातावरण बन्न नसक्दा उद्योग व्यवसाय प्रभावित भएको मन्त्री गुरुङले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू