अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

“मुलुकको आर्थिक विकासमा सहयोग गर्नुहोस्” – मन्त्री गुरुङ

बिआरटीनेपाल २०७७ मंसिर २७ गते ६:२९ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आम सञ्चारमाध्यमसँग अपिल गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को पाँचौं महासभालाई यहाँ आज समापन गर्दै उहाँले कोभिड–१९ सँगै ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी भ्रामकभन्दा पनि सत्यसथ्य समाचार प्रकाशन÷प्रसारण गर्न आग्रह गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले जनतालाई सही सूचना दिँदै सभ्य समाज निर्माण गर्न, आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकोले आचारसंहिता र मापदण्डभित्र रहँदै पत्रकारिता क्षेत्र परिपक्व र जिम्मेवार बन्न जरुरी रहेको औंल्याउनुभयो । नेपाली पत्रकारिता क्षेत्र उद्ययमशील बन्नुपर्ने बताउँदै मिडियामा हरेक हिसाबले लगानीकर्ता बलियो हँदै जाने र श्रमजीवी पत्रकार कमजोर हुँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू