अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

“किसानका उत्पादन बिक्री सुनिश्चित गर्नेछौं ”- मन्त्री अर्याल

बिआरटीनेपाल २०७७ मंसिर १९ गते ७:२६ मा प्रकाशित

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका बजारको सुनिश्चितता सरकारले गर्ने बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित केन्द्रीय सहकारी बजारको उद्घाटन कार्यक्रमलार्ई सम्बोधन गर्दै उहाँले सरकारले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकाले किसानको उत्पादन तिनै बिक्री केन्द्रबाट सुनिश्चित गरिने बताउनुभएको हो ।

यस्तै किसानहरुले उत्पादन गरेका वस्तु बिक्री गर्न सहकारीहरुले आफैं बजारको स्थापना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुने पनि बताउनुभयो ।

अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले विचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दूरी कम गर्ने अभियान सुरु भइसकेको बताउनुभयो । सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि उहाँले प्रतिबद्धता गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू