अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५७ | Colorodo: 18:12

ब्लग के हो, ब्लगबाट पैसा कसरी कमाउने ?

कमल धिताल २०७७ मंसिर १४ गते १८:५७ मा प्रकाशित

के तपाई आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौँमा १ त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाइ आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।

इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसी–बसी सजिलै कमाउन सकिने भएको हो ।

त्यसो भए ब्लग के हो ?
वास्तवमा कागज पानामा अनलाइन लेख्ने डायरी एउटा ब्लग हो जसमा हाम्रो समाजका गतिविधिहरू र विचारहरू र विचार व्यक्त हुन्छन्। जुन इन्टरनेटमा विश्वका विभिन्न भागहरू मार्फत देखा पर्दछ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै ठाउँबाट साझा गर्न सकिन्छ। यसैले, त्यहाँ वेब माध्यममा एक डायरी लेखिएको छ, यसलाई वेब ब्लग भनिन्छ, जुन छोटो ब्लग हो ।

सबै चीज परिवर्तन हुँदैछ, समयको चक्रमा सबै परिवर्तन हुँदैछ। इन्टरनेटमा पनि यही लागू हुन्छ। प्रारम्भिक पश्चिमी देशहरूमा बढ्दो परिष्कृत इन्टर्नेट टेक्नोलोजी र द्रुत अनलाइन व्यापारका कारण, व्यवसाय व्यवसायको प्रवर्द्धनका लागि विभिन्न वेबसाइट र ब्लगहरू सिर्जना गरिएका छन् र विभिन्न अनलाइन विज्ञापन एजेन्सीहरू र अनलाइन रोजगार एजेन्सीहरूको स्थापना भएको छ।

ब्लग कसरी बनाउने ?
यसका लागि सुरुमा गुगलको ब्लग, वर्ड प्रेसजस्ता निःशुल्क साइटमा एकाउन्ट बनाउनुपर्छ ।
पहिला तपाईँ निःशुल्क ब्लग बनाउन यसमा क्लिक गर्नुहोस् ।
त्यहाँ तपाईँले क्रिएट योर ब्लग देख्न सक्नुहुन्छ त्यसमा क्लिक गर्नुहोस् ।
तपाईँ आफ्नो जिमेलको सहायतले अकाउन्ट खोल्नुहोस् ।
अब आफ्नो ब्लगको नाम राख्नु होस ।
नाम राखिसकेपछि आफूलाई मन पर्ने टेम्पलेट छान्नुहोस् ।
अब तपाईँको ब्लगरमा निःशुल्क ब्लग तयार भयो । यदि तपाईँलाई एचटिएमएलको साधारण जानकारी छ भने यहाँले टेम्पलेटलाई आकर्षक बनाउन सक्नुहुन्छ ।

अहिले मर्कन्टाइलले दर्ता निःशुल्क रूपमा गर्ने हुँदा आफ्नो नामको डोमेनमा पनि यहाँले ब्लग बनाउन सक्नु हुन्छ । मर्कन्टाइल दर्ता गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

जस्तै मैले यो मेरो ब्लग ब्लग साइटमा बनाएको हो जसलाई मैले मर्कन्टाइल .NP दर्ता गरेर आफ्नो नामको डोमनमा यसलाई ढालेको छु । तपाईँले पनि सोही अनुरूप आफ्नो डोमन लिन सक्नु हुन्छ ।

अब वर्ड प्रेसको लागी हो भने तपाईँलाई केही मात्रमा एच.टी.एम.एल जानकारी हुनु जरुरी छ । यदि तपाईँलाई एचटीएमएल जानकारी छैन भने पहिला निःशुल्क वर्डप्रेसडट कममा गएर ब्लग बनाउन सक्नु हुन्छ जुन अतन्त सजिलो छ । यो ब्लग वर्ड प्रेसको साइटमा बनाएको हो जुन यहाँले हेरेर आफ्नो पनि सोही अनुसार बनाउन सक्नु हुन्छ । त्यसपछि त्यहाँ आफ्नो चाहना अनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ ।

कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । किनभने जति धेरै पाठकले आफ्नो लेख पढ्छन् उति नै पटक आफ्नो ब्लगमा आएको विज्ञापन हेर्छन् र आफूले उत्तिकै धेरै कमाउन सकिन्छ । त्यसैले पाठकले रुचाउने लेख लेख्नेतर्फ ध्यान दिनुपर्छ ।

भाषा
सकेसम्म अन्तर्राष्ट्रिय रूपमा प्रचलित भाषा प्रयोग गर्नुपर्छ । एडसेन्सजस्तै अन्य केही विज्ञापनदाताले सबै भाषा सपोर्ट गर्छन्, तर प्रचलित विज्ञापनदाताहरू जस्तै गुगलको एडसेन्स तथा माइक्रोसफ्ट अनि याहुले सञ्चालन गरेका एड नेटवर्कहरूले भने नेपाली भाषालाई सपोर्ट नगर्ने हुँदा आफूले कमाउने रकम घट्न सक्छ । त्यसैले सकेसम्म अङ्ग्रेजी वा अरू कुनै प्रचलित भाषा प्रयोग गरेर आम्दानी बढाउन सकिन्छ । तर यदि नेपालीमा ब्लग लेख्नुहुन्छ भने फेसबुकके इन्टान्ट आर्टिकलले नेपाली भाषा स्वीकार गर्छ ।

पैसा कसरी कमाउन सकिन्छ त ?
तपाईँले अब ब्लग कुन भाषामा लेख्नु भएको छ त्यसमा भर पर्छ यदि तपाईँले अङ्ग्रेजी भाषा छ भने एड्सेन्स तपाईँलाई राम्रो विकल्प हुन सक्छ । यदि अङ्ग्रेजी भाषाको ब्लग हो भने एड्सेन्स एप्लाई गर्न यहाँ क्लिक गर्नुहोस् ।

आफ्नो ब्लगको ठेगाना दिएर एप्लाई गर्नुहोस् । यदि एड्सेन्स पोलिसी अनुसार तपाईँको ब्लग छ भने एड्सेन्स अप्रुभ भएको म्यासेज तपाईँको इमेलमा केही दिनमा पठाउँछ । एड्सेन्स अप्रुभ भएन भने एड्सेन्स पोलिसी अनुसार ढालेर पुनस् एड्सेन्स एप्लाई गर्नु पर्छ ।

नेपाली भाषा छ भने फेसबुकको इन्स्टान्ट आर्टिकल अर्को आम्दानीको स्रोत हुन सक्छ । ब्लगगिङ सबन्धी अन्य जानकारी यो ब्लगमा गएर लिन सक्नु हुन्छ ।

लेखक कमल धिताल

प्रतिक्रिया