अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

“नेकपा फुट्यो भने देशको भाग्य फुट्छ” – मन्त्री भट्टराई

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:३३ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद सचिवालय बैठकले किनारा लगाउन सकेन भने स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्ने बताउनुभएको छ । झापाको विर्तामोडमा शनिबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उक्त निर्णय पार्टी नेतृत्वविरुद्ध पनि हुनसक्ने उहाँको भनाइ छ।

मन्त्री भट्टराईले शनिबार बसेको नेकपा स्थायी कमिटी बैठकतर्फ लक्षित गस्तो बताउनुभएको हो । नेकपा फुट्यो भने देशको भाग्य पनि फुट्ने उहाको दावी छ । नेकपाको समन्यवकारी भुमिकाले गर्दा अहिलेसम्म देशमा स्थिरता कायम रहेको उल्लेख गर्दै उहाँले नेकपा फुट्यो भने देशमा आगो बल्ने चेतावनी दिनुभयो ।

देशका विभिन्न स्थानमा राजसंस्थाको पक्षमा भइरहेका प्रदर्शनलाई लक्षित गर्दै मन्त्री भट्टराईले मरेका भूतहरु सल्बलाउनु स्वाभाविक भएको तर मरेका भूतहरु फर्कने सम्भावना नरहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू