अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

जूनको आँगनमा सार्वजनिक

बिआरटीनेपाल २०७७ मंसिर १२ गते ९:०४ मा प्रकाशित

विराटनगर, मङ्सिर १२ गते । कोरोना कहर बिच प्रतिभा पुरस्कार प्रतिष्ठान को ६२ औँ प्रकाशनमाला कवि तथा मुक्तककार चूडामणि नेपाल”अकिञ्चन” को चौथो कृति “जूनको आँगनमा” प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदी, प्रमुख अतिथि विराटनगर महानगर पालिकाका मेयर भीम पराजुली, प्राज्ञ विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, राजनीतिज्ञ महेश रेग्मी, वडा अध्यक्ष उद्धव अर्यालले सामूहिक रूपमा चार दर्जन स्रष्टाहरू बिच लोकार्पण गरेका छन् ।

प्रस्तुत कृतिमा विभिन्न स्वादका २७० वटा मुक्तकहरू समेटिएको समीक्षक भरत गुरागाईंले जानकारी गराउँदै मुक्तककारलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए। मुक्तककार अकिञ्चनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै प्राज्ञ विवश पोखरेलले कृतिकारको तिन दशक भन्दा बढीको साधना सफल भएको बताए। कार्यक्रमका प्रमुख अतिथि पराजुलीले समाज र राजनीतिलाई साहित्यले मार्ग निर्देशन गर्नुपर्ने हुनुपर्छ भन्दै मुक्तककारलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए। कृतिकार अकिञ्चनले सामाजिक परिवेशबाट अभिप्रेरित भई मनको एउटा भागबाट देश प्रेमको मोह पोख्दै सिर्जना गरिएका रचना हरू पाठक तथा श्रोताहरूले मन पराइ दिनुहुने सम्पूर्णलाई धन्यवाद प्रदान गरेका थिए भने उक्त कार्यक्रममा प्राध्यापक कविराज न्यौपाने, प्राध्यापक भूषण ढुंगेल, राजनीतिकर्मी महेश रेग्मी, शुभलक्ष्मी लम्साल, सरला चापागाईं, दधिराज सुवेदीले मुक्तककार चूडामणि नेपाल अकिञ्चनलाई बधाई तथा शुभकामना प्रदान गरेको प्रतिष्ठानका सहसचिव दिङ्लाली कान्छोले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू