अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

नेपालको जलविद्युत् दक्षिण एसियाकै लागि गेम चेन्जर – भारतीय विदेश सचिव श्रृंगला

बिआरटीनेपाल २०७७ मंसिर १२ गते ६:३० मा प्रकाशित

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपालको जलविद्युत् दक्षिण एसियामै क्लिन इनर्जीका लागि गेम चेन्जर हुने बताउनुभएको छ ।एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सचिव श्रृंगलाले जलविद्युतबाटै नेपालको अर्थतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभयो ।

उहाँले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको पनि बताउनुभयो । विदेश सचिव श्रृंगलाले दुई देशबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले कोरोना महामारीमा पनि दुवै देशसँगै रहेको र मिलेर कोरोना विरुद्ध लड्नुपर्ने बताउनुभयो । श्रृंगलाले नेपाल–भारत सम्बन्ध दुवै देशका जनताको हितमा रहेको भन्दै दुवै देश आफ्ना भावी पुस्ताप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो ।

भारतले कोरोना खोपका लागि काम गरिरहेको जानकारी गराउँदै उहाँले खोप आएपछि नेपालको आवश्यकता पूरा गर्ने प्राथमिकता पहिलो हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू