अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 00:24

संवैधानिक आयोगलाई पूर्णता दिन संसदीय समितिको सरकारलाई निर्देशन

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:०८ मा प्रकाशित

संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगमा रहेका रिक्त पदमा पदपूर्ति गर्न निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा पदपूर्ति गर्न निर्देशन दिएको हो ।समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक आयोग, निकायमा पदपूर्ति नभए संविधान नै पूर्ण नहुने भन्दै संविधान पालनाका लागि पनि आयोगले पूर्णता पाउनुपर्ने बताउनुभयो ।

यस्तै, समितिले समावेशी ऐन निर्माणका लागि संसदमा विधेयक ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ ।प्रधानमन्त्रीको तर्फबाट बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवैधानिक परिषद्को बैठक बस्न बहुमत नपुग्दा नियुक्तिमा ढिलाइ भएको बताउनुभयो । तर, समितिले भने बहुमत पुग्ने वा नपुग्ने विषय व्यवस्थापिकाको नभइ कार्यपालिकाकै भएको भन्दै रिक्त पदमा अविलम्ब पदपूर्ति गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ ।संवैधानिक आयोगमा रिक्त पदपूर्तिलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई समितिले बिहीबारको बैठकमा बोलाएको थियो । त्यस्तै, समावेशी ऐन निर्माणका लागि संसद विधेयक ल्याउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबारको बैठकले पनि प्रधानमन्त्री ओलीलाई समितिको बैठकमा उपस्थिति हुन पुनः आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू