अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 13:13

राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा आयोजना हुने

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:११ मा प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव आउँदो मङ्सिर २९ गते काठमाण्डौमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगित गरिएको थियो । प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले अब भौतिक दुरी कायम गरी महोत्सव गर्ने नयाँ मिति तय गरिएको बताउनुभयो ।

प्रतिष्ठानले २०२२ सालदेखि महोत्सव गर्दै आएको छ । यसअघि २०७२ सालमा गएको भूकम्प कारण कविता महोत्सव स्थगित भएको थियो । प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत बढाउने निर्णय गरेको छ । प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनुलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र दिइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू