अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

अनेसासले संसारभर मनायो लक्ष्मी जयन्ती

बिआरटीनेपाल २०७७ कार्तिक ३० गते ९:५४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले संसारभर साहित्यिक कार्यक्रमको आयोजना गरेर ११२औ लक्ष्मी जयन्ती मनाई रहेको छ ।

केन्द्रीय कार्यसमिति र केही च्याप्टरहरूले शनिवार जुमप्रविधिका माध्यमले लक्ष्मी जयन्ती मनाएका छन् भने केहीले आइतबार मनाउँदै छन् ।

शनिवार अनेसास केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा प्राडा. गोविन्दराज भट्टराई, प्राडा.पद्मप्रसाद देवकोटा, हारुहितो नोजुलगायतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व, कृतित्व र नेपाली साहित्यमा उनको योगदानको चर्चा गरेका छन् । कार्यक्रममा अनेसास बोर्डअफ ट्र्ष्टी सभापति गीता खत्रीले शुभकामना व्यक्त गरिन् भने दीप्सी भट्ट, दुर्गा रिजाल,दुर्गाप्रसाद पोखरेल,, सुदीभद्र खनाल,सिना रेग्मीलगायतले देवकोटाका सिर्जना वाचन गरे ।

समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सदस्यहरू तारा अधिकारी र दीप पाठक तथा महासचिव सर्वज्ञ वाग्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष राजेन्द्र श्रेष्ठ तथा सदस्यहरू डा. रेणुका सोलु, निजानन्द मल्ललगायतले देउसी- भैली कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रम अनेसास अनलाइन संवादको २६ औ शृखलाका रूपमा प्रस्तुत गरिएको थियो ।

यसै गरी अनेसास पोर्चुगल च्याप्टर र नर्दन क्यालिफोर्निया च्याप्टरले पनि अनेसास बोर्डअफ ट्र्ष्टी सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा शनिवार देवकोटा जयन्ती मनाएको छ । पोर्चुगलको कार्यक्रममा च्याप्टर अध्यक्ष स्पन्दन विनोदको सभापतित्वमा साहित्यकार दामोदर पुडासैनी किशोर, गङ्गा लिगल, गोवर्ध्दन पूजा, सुनिल संगम, बाई बी गुरुङ, मंजिला अनिल, अर्जुन घिमिरे, अर्जुनश्रीलगायतले सिर्जना वाचन गरेका छन् ।

नर्दन क्यालिफोर्निया च्याप्टरले अनेसास केन्द्रीय महासचिव सर्वज्ञ वाग्लेको सभापतित्वमा आयोजना गरेको कार्यक्रममा अनेसास बोर्डअफ ट्र्ष्टी सल्लाहकार डा. दुर्गा दाहाल,चूडामणि पाठक ,फणीन्द्र काफ्ले, सुदीभद्र खनाल, अनेसासका केन्द्रीय कोषाध्यक्ष कृष्णकुमार गिरी, गोवर्ध्दन पूजा,प्रकाश पाण्डे, निता फोर्सन, बन्धु पोखरेल, गीता बजगाईँलगायतले सिर्जना तथा मन्तव्य व्यक्त गरे ।

यसै गरी अनेसास बोस्टन च्याप्टरले पनि शनिवार नै देवकोटा जयन्ती मनाएको छ । अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा, साहित्यकार हरि काफ्ले, दीपा राई पुन, लालगोपाल सुवेदी, विजय शर्मा, सुशील नेपाल, मनोहर धिताललगायतका बोस्टनका कविहरूले सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरे । कार्यक्रममा डा, शिव गौतम, भारती गौतम, केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ,दुर्गा शाह बाबा, पद्मराज ढकाल, हनिफ मियालगायतले कविता वाचन गरेका थिए। कार्यक्रम च्याप्टरका अध्यक्ष यम पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसै गरी अनेसास फ्लोरिडा च्याप्टरले पनि शनिवार नै कार्यक्रम गरेको छ । अनेसास बोर्डअफ ट्र्ष्टी सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा भारती गौतम, अनेसास केन्द्रीय उपाध्यक्ष राजेन्द्र, अनेसास केन्द्रीय कोषाध्यक्ष कृष्ण गिरी, सदस्य निजानन्द मल्ल, जानुका ढुङ्गेल, गोवर्ध्दन पूजालगायतले मन्तव्य तथा सिर्जना वाचन गरेका थिए । कार्यक्रम च्याप्टरका अध्यक्ष दीप कार्कीको सभापतित्वमा भएको थियो ।

यसै गरी अनेसास बेलायत च्याप्टरले पनि शनिवार लक्ष्मी जयन्ती मनाएको छ । बेलायतका लागि नेपाली राजदूत साहित्यकार दुवसु क्षेत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राज श्रेष्ठ, सन्तोष कार्की, विजय हितान, अमर, सेमन्त राई, प्रतिमा केसी, कुमार केसी, जीत बुढाथोकी, भरत लोहोरुङ, मञ्जु खरेल, माया गुरुङ, दुर्गाप्रसाद पोख्रेल, बिसन थापा, सचिन गुरुङ, गोबर्द्नन पूजा, निता गुरुङ, गोकुल भण्डारी, रामहरि पौड्याल, लारा, सारा गुरुङ, सुमलकुमार गुरुङ, डा. रूपक श्रेष्ठले आ-आफ्नो रचना वाचन गरेका थिए । च्याप्टरकी अध्यक्ष लक्ष्मी राई (लारा) ले कार्यक्रमको सभापतित्व गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू