अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

सप्तरीमा पटाका पड्काउँदा सल्किएको आगोबाट १४ लाख बराबरको क्षति

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते ६:३४ मा प्रकाशित

सप्तरीमा पटाका पड्काउँदा सल्किएको आगोबाट १४ लाख बराबरको क्षति भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीमा केटाकेटीले पड्काएको पटाकाले मुखिया टोलमा भएको आगलागीमा करिब १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

बतही देवी मुखियाको घरबाट शुरु भएको आगो सल्केर राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेश कुमार मुखियाको घर जलेको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ । राजकुमारको घरमा मात्रै ६ लाख ५० हजार रुपैयाँको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पातोका असई प्रमेश्वर पासवानले जानकारी दिनुभएको छ ।

यसैगरी, बतहीको ४७ हजार रुपैयाँ, रामरुपको १ लाख ५० हजार रुपैयाँ, नरेशको ३ लाख रुपैयाँ, राजको २ लाख रुपैयाँ र मुकेशको २ लाख २० हजार रुपैयाँको धनमाल जलेर क्षति भएको छ । प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा आगो निभाइएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू