अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

बढ्दो जाडोबाट कसरी बच्ने ? कसरी स्वस्थ्य रहने ? अपनाउनुहोस् यी उपाय

बिआरटीनेपाल २०७७ कार्तिक २४ गते ६:३४ मा प्रकाशित

चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन् । जाडोमा खासगरी हातखुट्टा, अनुहारको छाला फुट्ने, फुस्रो हुने हुन्छ । यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ ।

जाडो मौसम शुष्क हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ । चिकित्सकका अनुसार चिसोबाट बच्न दैनिक क्रियाकलापमा सचेत रहन सुझाव दिन्छन् । खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने र झोलपदार्थ खानेकुराका साथै हरियोसागतपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने बताउँछन् ।चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ । घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ । भिटामिन डिको कमी हुन नदिन घाम ताप्नु अनिवार्य नै रहेको चिकित्सक बताउँछन् । चिसो मौसममा फ्रिजमा राखेका खानेकुरा खान हुँदैन। चिसो मौसममा रुघाखोकी, निमोनिया जस्ता समस्या देखापर्न सक्छ । जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नुपर्छ। यसले शरीरको तापक्रम सन्तुलनमा राख्छ ।

चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ । यस्तै सुप, दाल, खिचडी र रेसादार सागसब्जी पर्याप्तमात्रामा खाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ। जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ ।जाडोको समयमा नाक, कान र घाँटीको एलर्जी पनि हुन्छ । श्वासप्रश्वास तथा छातीमा समस्या देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्नेजस्ता रोगले सजिलै आक्रमण गर्न सक्छ । चिसो समयमा मानिसले सतर्कता अपनाएमा रोगमुक्त हुन सकिने बताउँछन् । शीतलहर, हुस्सु, कुहिरो र चिसो हावामा रोगले छिटो आक्रमण गर्छ । चिसो समयमा वातावरणमा उत्पन्न भाइरसले छिटो आक्रमण गर्छ । श्वासप्रश्वास र हाछ्युँ गर्दा वा खोक्दा निस्किने सिँगान र थुकको छिटाबाट फैलने र सर्ने भएकाले यस समयमा बिरामीको संख्या बढी हुने गरेको छ ।

जाडोको समयमा ‘रेस्पिरेटरी इन्फेक्सन भाइरस’ ज्यादा फैलिन्छ । यो बेलामा सकभर चिसो नलागोस् भनेर ध्यान पु¥याउन जरुरी अति आवश्यक भएको चिकित्सक बताउँछन् । चिसो मौसममा शरीरमा तापक्रम बढाउने किसिमका खाना खानुपर्ने बताउँछन् । चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ । यस्तै सुप, दाल, खिचडी र रेसादार साग(सब्जी पर्याप्तमात्रामा खाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ । जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । महमा आइरन पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

चिकित्सकका अनुसार जाडोमा तातो खाना खाँदा शरीरलाई लाभदायी हुन्छ । तातो खाना मात्र नभइ शरीरलाई भित्रैबाट गर्मी गराउने खालको खाना खानु बढी लाभदायी हुन्छ । स्वादका लागि मात्र तातो खानेकुरा खानु नखाइ शरीरको ताप बढाउने खाले खानेकुरा खानुपर्ने चिकित्समको सुझाव छ । जाडो मौसममा चिसो खाना खादाँ शरीरलाई कहीँ न कहीँ असर पुर्याईरहेकोे हुन्छ ।

शरीरलाई गर्मी गराउने सबैभन्दा उत्तम उपाय अदुवा हो । यसले रुघाखोकीलगायत चिसोबाट लाग्ने रोगबाट बचाउन मद्दत गर्छ । अदुवाको जुनसुकै तरिकाबाट सेवन गर्नाले चिसोबाट बच्न सकिन्छ । अदुवा पोलेर पनि खान सकिन्छ । चियामा राखेर र खानामा मसलाका रूपमा पनि प्रयोग गरेर सकिन्छ। चिसो मौसममा युवाभन्दा बुढाबुढी र केटाकेटीलाई रोगले छिटो आक्रमण गर्छ । मानिसको उमेर बढेसँगै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि घट्दै जान्छ । यसबाट जोगिन धेरै कुरामा ध्यान दिनुपर्छ । चिसोबाट बच्न वृद्धवृद्धाले बाक्लो लुगा लगाउनुका साथै घाम तथा आगोरहिटर ताप्नुपर्छ । नियमित रूपमा सुन्तला, स्याउलगायत फलफूल खानुपर्छ । फलफूलमा हुने एन्टी अक्सिडेन्ट तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले चिकित्सकले नियमितरूपमा फलफूल खान सुझाव दिन्छन् । चिसो मौसममा बृद्धबृद्धालाई दम र बाथले बढी सताउँछ। बालबालिकालाई निमोनिया र रुघाखोकीजस्ता रोगले क्रामण गर्छ ।

मौसम परिवर्तन समस्या नभएकाले जीवनशैलीमा ध्यान दिन सके रोगबाट बच्न सकिन्छ । आहारबिहार, खानपानमा ध्यान दिन सके जाडो मौसममा रोगले आक्रमण गर्न नसक्ने चिकित्सकको भनाइ छ । मौसमअनुसारको जीवनशैली बनाउन सक्नुपर्ने चिकित्सकको सुझाव छ । ‘गाँस बास, कपासको समस्या भएकालाई जाडोबाट बढी आक्रमण हुन सक्छ । स्वास्थ्य समस्या नभई राष्ट्रिय समस्या हो । जाडोमा खाना पच्ने भएकाले गह्रौं खाना खानुपर्छ । दिन छिटो हुने भएकाले रात र दिनमो चक्र मिलाउन दिउँसो शारिरिक काम गर्न चिकित्सकको सुझाव छ । ‘शक्ति धेरै प्रयोग गर्नुपर्छ । व्यायाम, हिडँडुल गर्न आवश्यक हुन्छ ।’

चिसो मौसममा होशियारीपूर्वक जीवनशैली व्यवस्थापन गर्न सके धेरै रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ । मौसम र स्थान अनुसार खानपान गर्दा पनि जाडोबाट बच्न सकिने डा।बास्तोला बताउँछन् । जाडोमा हाडजोर्नीको दुखाइ र पिडा बढी हुन सक्छ । यस्तो बेलामा उचित व्यवस्थापन हुन सके जाडो मौसममा रोगले आक्रमण गर्न सक्दैन् ।

जाडो मौसममा रोग फैलाउने भाइरसबाट जोगिन अनावश्यक रूपमा मुखमा हात राख्नुहुँदैन । नाक र आँखा मिच्ने गर्दा पनि रोग सर्न सक्छ । दिनमा धेरैपटक साबुनपानीले हात धुनुपर्छ । जाडोमा दैनिक १२ गिलास पानी पिउन चिकित्सकले सल्लाह दिन्छन् । जुस, लस्सी, दूधजस्ता तरल पदार्थ पिउँदा पनि लाभदायक हुने चिकित्समक बताउँछन् ।

चिसोमा ज्वरो र रुघा लाग्दैमा औषधि सेवन गर्न हुँदैन । सकभर बाफ लिएर घरेलु विधिबाटै रोग नियन्त्रण गर्न सकिन्छ । यसले रोग छिट्टै निको भए पनि शरीरलाई हानि गर्ने भएकाले सामान्य अवस्थामै औषधि खाने बानी गर्न हुँदैन । चिसोबाट बच्न तेलको मालिस उत्तम उपाय हो । शरीरलाई गरम गराइराख्ने उपयुक्त प्रविधि भएकाले तिल, जैतुन र तोरीको तेलले शरीरमा मालिस मालिस गर्नुगर्छ । तेल लगाएर मसाज गर्नाले चिसो लाग्नबाट जोगाउनुका साथै शरीरलाई न्यानो पनि बनाइराख्ने चिकित्सक बताउँछन् । बिहानको घाममा तेल लगाई मालिस गर्दा स्वास्थलाई फाइदा पुग्छ । घाममा बस्दा जाडोबाट सुरक्षित हुनुका साथै भिटामिन डी पाइन्छ । जाडो याममा शरीर अल्छी हुने भएकाले घाम ताप्नाले शरीरमा स्फूर्ति आउँछ ।

जाडो मौसममा ऊनीका बाक्ला ज्याकेट लगाउनु राम्रो हुन्छ । सवारीसाधनमा हिँड्दा अथवा गाडीमा यात्रा गर्दा शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउनुपर्छ । यसले शरीरभित्र चिसो पस्नबाट जोगाउँछ ।

चिसोबाट बच्ने उपाय

खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने

ताजा तथा झोल पदार्थ खाने, तातो कुरा खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने

तुलसी, अदुवा, महको नियमित सेवन गर्ने

घाम ताप्ने, तेलले मालिस गर्ने

बाक्ला, उनीका लुगा लगाउने

छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिमलगायत प्रयोग गर्ने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू