अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

बालबालिकाहरुलाई जबर्जस्ती खाना खुवाउनु गलत

बिआरटीनेपाल २०७७ कार्तिक ११ गते ७:०० मा प्रकाशित

लबालिकाहरुलाई खाना खुवाउनु अभिभावकको लागि त्यत्ति सजिलो काम होइन । किनभने बच्चाहरु खाना खान त्यत्ति रुची राख्दैनन् । त्यसैले उनीहरुलाई फकाइ फुल्याई खाना खुवाउनुपर्ने हुन्छ । यसरी फकाईफकाई खुवाउदा कतिपयले बच्चाहरुको पेटभरि सक्दा पनि थाहा नपाई जबर्जस्ती बच्चालाई खाना खुवाइन्छ ।

बजारका अन्य खानेकुराको कारण अघाएका बालबच्चाहरुलाई आमाबाबाले फकाएर वा गाली गरेर वा मोबाइल चलाउन दिएर भुलाएर जबर्जस्ती खाना खुवाइरहेका हुन्छन् ।

हाम्रो नेपाली समाजमा बच्चाहरुले धेरै खानेकुरा खाए बच्चाहरु निरोगी र बलियो हुने र धेरै खाएपछि बच्चा आनन्दले सुत्छन् भन्ने आम सोंच र धारणा रहेको छ । जसका कारण आमाबुवाहरु जति सक्दो बच्चाहरुलाई खाना खुवाउने कुरामा अगाडि हुन्छन् । यतिसम्म कि बच्चाले खाना खान मानेनन् भने डाक्टरकोमा गएर बच्चाहरुलाई खाना रुच्ने औषधि खुवाउने गरेको समेत पाइन्छ । तर आवश्यक भन्दा बढि खाना खुवाउने गर्नाले बच्चालाई के कस्ता समस्या आउन सक्छन् भन्ने बारेमा भने त्यति सोचेको पाइदैन ।

बालबच्चाहरुलाई त्यसरी जबर्जस्ती खुवाउदा शारीरिक तथा मानसिक रुपमा असर हुने कुरा चिकित्सकहरु बताउछन् । बच्चाहरुलाई यसरी खुवाउदा बच्चाको पाचनप्रणाली कमजोर हुने, पेट फुल्ने, पखाला लाग्ने र बान्ता हुने जस्ता समस्याहरु आउन सक्छन् । जबर्जस्ती खुवाउदा बच्चा जिद्दि हुने, रिसाउने र बहाना बनाउने जस्ता क्रियाकलाप गर्ने गर्दछन् । चिकित्सकका अनुसार यसको असर बालबालिकामा दीर्घकालीन हुने खतरा रहन्छ ।

लबालिकाहरुलाई खाना खुवाउनु अभिभावकको लागि त्यत्ति सजिलो काम होइन । किनभने बच्चाहरु खाना खान त्यत्ति रुची राख्दैनन् । त्यसैले उनीहरुलाई फकाइ फुल्याई खाना खुवाउनुपर्ने हुन्छ । यसरी फकाईफकाई खुवाउदा कतिपयले बच्चाहरुको पेटभरि सक्दा पनि थाहा नपाई जबर्जस्ती बच्चालाई खाना खुवाइन्छ । बजारका अन्य खानेकुराको कारण अघाएका बालबच्चाहरुलाई आमाबाबाले फकाएर वा गाली गरेर वा मोबाइल चलाउन दिएर भुलाएर जबर्जस्ती खाना खुवाइरहेका हुन्छन् ।

हाम्रो नेपाली समाजमा बच्चाहरुले धेरै खानेकुरा खाए बच्चाहरु निरोगी र बलियो हुने र धेरै खाएपछि बच्चा आनन्दले सुत्छन् भन्ने आम सोंच र धारणा रहेको छ । जसका कारण आमाबुवाहरु जति सक्दो बच्चाहरुलाई खाना खुवाउने कुरामा अगाडि हुन्छन् । यतिसम्म कि बच्चाले खाना खान मानेनन् भने डाक्टरकोमा गएर बच्चाहरुलाई खाना रुच्ने औषधि खुवाउने गरेको समेत पाइन्छ । तर आवश्यक भन्दा बढि खाना खुवाउने गर्नाले बच्चालाई के कस्ता समस्या आउन सक्छन् भन्ने बारेमा भने त्यति सोचेको पाइदैन ।

बालबच्चाहरुलाई त्यसरी जबर्जस्ती खुवाउदा शारीरिक तथा मानसिक रुपमा असर हुने कुरा चिकित्सकहरु बताउछन् । बच्चाहरुलाई यसरी खुवाउदा बच्चाको पाचनप्रणाली कमजोर हुने, पेट फुल्ने, पखाला लाग्ने र बान्ता हुने जस्ता समस्याहरु आउन सक्छन् । जबर्जस्ती खुवाउदा बच्चा जिद्दि हुने, रिसाउने र बहाना बनाउने जस्ता क्रियाकलाप गर्ने गर्दछन् । चिकित्सकका अनुसार यसको असर बालबालिकामा दीर्घकालीन हुने खतरा रहन्छ ।

यस समस्याबाट मुक्ति पाउन आमाबुवाले बच्चाको भावना, खानाको रुची, अन्य खानेकुरा खाने नखाने विषयमा राम्ररी अध्ययन गर्नुपर्छ । बच्चाको खानाको उचित समय निर्धारण गरी आवश्यकता अनुसार मात्र खाना खुवाउनुपर्छ ।

यसो गर्दा खानाको रुटिन बन्छ र बच्चाहरुलाई त्यहि समयमा खाने बानी पर्छ । बच्चाले खाने मन गरेको छैन भने जबर्जस्ती खुवाउनु हुदैन । बरु किन खानमा मन भएन ? भन्ने कुरा बुझ्नु पर्छ । बच्चालाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न उनीहरुलाई आवश्यक मात्रामा खाना खान दिनुपर्छ । चाडवाडका बेला त अझ विषेश ध्यान पुर्याउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू