अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

देशभर ३ सय १ जना कोरोना संक्रमितको आईसीयुमा र ६६ जनाको भेन्टिलेटरमा उपचार हुँदै

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:०३ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारसम्म देशभर ३ सय १ जना कोरोना संक्रमितको आईसीयुमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ। मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रदेश १ मा ३५, प्रदेश २ मा १२, बागमतीमा १६६, गण्डकीमा २०, लुम्बिनीमा ५५, कर्णालीमा ७ र सुदूरपश्चिममा ६ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश १ मा ११, बागमती प्रदेशमा ४६, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३ जना गरी देशभर ६६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। हाल मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, कास्की, भक्तपुर, दाङ, बाँके र रुपन्देही गरी १२ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित नरहेको जिल्ला मुस्ताङ मात्रै हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू