अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:०१ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जना कोरोना  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ ।  पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ । पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू