अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

गाँजा सेवन स्वास्थ्यका लागि कति फाइदा, कति हानिकारक ?

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:२६ मा प्रकाशित

गाँजा फाइदाजनक छ या छैन भन्ने विषयमा वैज्ञानिकहरूबीच नै विवाद छ ।यस सन्दर्भमा भएका करिब पाँच दर्जनभन्दा बढी अनुसन्धान अध्ययन गर्दा ६ सय ८५ तथ्यले गाँजाको फाइदाको पक्षमा वकालत गरेका छन् । २ सय ३५ तथ्यले तटस्थ र ८५ तथ्य बेफाइदामा देखिएका छन् ।

गाँजालाई औषधिका रूपमा नियन्त्रित तवरले प्रयोग गर्दा स्वास्थ्यको क्षेत्रमा फाइदा पुर्याउने देखिन्छ । साथै यसमा केही बेफाइदा पनि जोडिएका छन् । गाँजामा २ सय रसायन हुन्छन्, जसमध्ये टिएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ । गाँजा “म्यारिजुआना”का रूपमा विश्वबजारमा प्रख्यात छ । यसमा १ सयभन्दा बढी रसायन तत्व पाइन्छन् ।

धूमपानजस्तै गाँजालाई पनि सल्काएर प्रयोग गरिने प्रचलन बढ्दै गएकाले यसले फोक्सोमा भएका एलभियोलाई खुम्च्याउने, श्वास–प्रश्वासमा समस्या पु¥याउने, मुटुको धड्कन बढाउने, आँखा रातो र ठूलो हुने र रक्तचाप कम हुने गर्छ ।यसैगरी यसको अधिक सेवनले मानसिक रोग, डिप्रेसनको सिकार हुने जस्ता बेफाइदा पनि देखिन्छ ।

गाँजाका फाईदा–

– आयुर्वेदमा गाँजालाई उप–विषको हिसाबमा लिइन्छ । जुनसुकै उपविषलाई शुद्धीकरण गरेर मात्र प्रयोग गरिन्छ ।

– डिप्रेस्ड भएको मानिसलाई गाजा सेवन गर्न दिए उनीहरूको ‘मुड फ्रेस’ हुन्छ ।

– कम समयलाई पनि लामो महसुस गराउँछ ।

– गाँजाले खानेकुरामा रुचि बढाउँछ । एचआईभी एड्स लागेकाहरूलाई खानाको रुचि कम हुन्छ, उनीहरूलाई खानाको रुचि बढाउन पनि गाँजा सहयोगी हुन्छ भन्ने धारणा रहेको छ ।

– आँखाको प्रेसर पनि कम हुन्छ ।

– जोर्नीको पीडा र दिसासम्बन्धी समस्यामा फाइदा पुर्याउछ ।

– पाचनप्रणाली राम्रो हुन्छ । छारेरोगीलाई पनि फाइदा पुर्याउछ ।

– क्यान्सरमा किमोथेरापीपछि हुने बान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यता रहिआएको छ ।

– गाँजा खाएर झैझगडा गर्ने कम हुन्छन्, सिर्जना पनि प्रस्फुटन हुन्छ ।

तर, लामो समयसम्म गाँजा प्रयोग गर्दा मानसिक रोग लाग्न सक्छ । यसको प्रयोग निरन्तर गरेमा तौल कम हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू