अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ असोज २१ गते ६:५७ मा प्रकाशित

जाजरकोटको जुनिचाँदी गाउँपालिका १ को अउल खोला लोड्नीमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जनाको ज्यान गएको छ । सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये वडाध्यक्ष अमरबहादुर शाही र कीर्तिबहादुर शाहीको परिचय खुलेको छ । अरुको पहिचान हुन पाएको छैन । दुर्घटना भएको ठाउँ खलङ्गाबाट झण्डै ८२ किलोमिटर टाढा पर्छ । दुर्घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू