अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२१ | Colorodo: 14:36

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, थप ३ हजार ४ सय बढीमा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ असोज २१ गते ६:५३ मा प्रकाशित

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । गएको २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको हो । अहिलेसम्म ९४ हजार २ सय ५३ जनामा कोरोना संक्रमण भएकोमा ६८ हजार ६ सय ६८ जना निको भएका छन् ।

बुधबार १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरेकोमा ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या दैनिक विवरणमा अहिलेसम्मकै धेरै हो । यस्तै बुधबार थप १५ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू