अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

मुलुकका केही स्थानमा हल्का वर्षाको सम्भावना

बिआरटीनेपाल २०७७ असोज १८ गते १:५४ मा प्रकाशित

मुलुकका केही स्थानमा आइतबार हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।

प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।आइतबार राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

अहिले बिहान देशका प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश न ५ का पूर्वी भागमा बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भएको भइरहेको छ। वंगालको खाडीको उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू