अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

सीमा सुरक्षा स्थानीय बासिन्दाबाट झन् प्रभावकारी रुपमा गर्न सकिने गृहमन्त्रीको भनाइ

बिआरटीनेपाल २०७७ असोज १० गते ७:३२ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मी बाट भन्दा स्थानीय बासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताउनुभएको छ । दार्चुलाको खलंगामा आयोजित पत्रकार सम्मेलनमा उहाँले सीमाको रक्षा सरकारले मात्र गर्न नसक्ने सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्ने बताउनुभयो ।

सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्नसकेमात्रै सीमा बलियो हुनसक्ने उहाँको भनाइ छ । दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको पनि बताउनुभयो ।

उहाँँले यो क्षेत्र पर्यटनको ठूलो सम्भावना समेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । गृहमन्त्री थापाले यो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू