अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

‘कोरोना सङ्क्रमितको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर औषधि निःशुल्क पाइन्छ’– नेपाल सरकार

बिआरटीनेपाल २०७७ असोज ९ गते ७:२६ मा प्रकाशित

सरकारले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर औषधि निःशुल्क पाइने बताएको छ । रेम्डेसिभिर औषधिमा कालोबजारी भएको, सरकारले उपलब्ध नगराएको जस्ता गुनासो बढेको भन्दै सरकारले कोरोना सङ्क्रमितको उपचार हुने स्वास्थ्य संस्थामा यो औषधि निःशुल्क उपलब्ध गराइरहेको बताएको हो ।औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले रेम्डेसिभिर औषधि कोरोना सङ्क्रमितको उपचारका लागि मान्यता प्राप्त औषधि नभइ क्लिनिकल परीक्षण भइरहेको औषधि भएकोले बिरामीको इच्छा अनुसार मात्र प्रयोग भैरहेको बताउनुभयो ।

यो औषधिले सङ्क्रमण भएर अस्पतालमा बसेका बिरामीहरुलाई केही चाँडो डिस्चार्ज गर्न सहयोग गरिरहेकोले प्रयोग भइरहेको र आवश्यकताअनुसार प्रयोग भइरहेको पनि उहाँले बताउनुभयो । कोरोना सङ्क्रमितको उपचारको लागि अहिलेसम्म कुनै पनि औषधि पत्ता लागि नसकेको भन्दै ढकालले अहिले प्रयोग भइरहेका लक्षणअनुसार उपचार गर्ने औषधिहरु नेपालमा अभाव नरहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू