अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

नेकपा नेता वामदेव गौतमलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

बिआरटीनेपाल २०७७ असोज ५ गते ७:०५ मा प्रकाशित

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यका रूपमा काम गर्न रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । नेता गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज रिट दायर गर्नुभएको हो । पूर्व अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई नियुक्त गर्नभएको थियो । प्रतिनिधि सभामा पराजितलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको भन्दै नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ । आज पेश गरेको रिटमा पर्सिका लागि पेशी तोक्ने भनिएको त्रिपाठीले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू