अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७
| Colorodo: 05:32
धादिङको गल्छीमा पेट्रोल बोकेको ट्यांकर त्रिशुली नदीमा खसेको छ । भर्खरै ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।
ट्याङ्कर चालक र सहचालकको अवस्थाबारे कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभएको छ ।
नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।