अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 00:23

कोरोनाको जनचेतनामूलक कार्यक्रम सम्पन्न, ‘कोरोनालाई परास्त गरौं’

बिआरटीनेपाल २०७७ भदौ २० गते ६:४४ मा प्रकाशित

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामूलक कार्यक्रम गरेको छ । उपत्यकालगायत देशका अरु स्थानमा संक्रमितको संख्या दिन÷प्रतिदिन बढ्दै गएपछि शनिबार मन्त्रालयले जनचेतनामूलक कार्यक्रम गरेको हो ।

उपत्यकाका विभिन्न १० रुटमा मन्त्रालयले जनचेतनामूलक कार्यक्रम गरेको हो । ‘कोरोनालाई परास्त गरौं’, ‘स्यानिटाइजर, मास्क प्रयोग गरौं’, ‘भौतिक दुरी कायम गरौं’ भन्ने नाराका साथ माइतीघरबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाड नगर्न आग्रह गर्ने, केही मान्छे भेला भएको ठाउँमा गएर दुई मिटरको दुरी कायम राख्न आग्रह गर्ने, मास्क लगाउन आग्रह गर्नेगरी चेतना जगाउन कार्यक्रम आयोजना भएको बताउनुभयो ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने एकिन नभएको अवस्थामा बेला/बेलामा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, श्वासप्रश्वासबाट कोरोना सर्नसक्छ भन्ने कुरालाई मध्यनजर गर्दै व्यक्तिगत दुरी कायम गर्नुपर्ने बताउनुभयो । ललितपुरको पाटनमा दुर्भाग्यपूर्ण घटना भएको स्मरण गर्दै उहाँले आगामी दिनमा त्यस्ता घटना नहुन् भनेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू