अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

एक जना कोरोना सङ्क्रमित पत्ता लगाउन १ लाख ४ हजारभन्दा धेरै खर्च – स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ भदौ ५ गते ६:२९ मा प्रकाशित

सरकारले एक जना कोरोना भाइरसको सङ्क्रमित पत्ता लगाउनका लागि १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च भएको बताएको छ । नेपालमा अहिलेसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार पाँच सय रुपैयाँ खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

परीक्षण गरिएका मध्ये ३० हजार ४ सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यस हिसाबबाट १ जना सङ्क्रमित पत्ता लगाउन सरकारको १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार १ हजार जनाको पीसीआर परीक्षण गर्नको लागि पीपीई सेट बाहेक प्रयोगशालामा मात्रै ५ हजार ५ सय रुपैयाँ खर्च हुन्छ ।

यस्तै आईसीयूमा राखेर उपचार गर्दा झनै बढी खर्च हुने मन्त्रालयले जनाएको छ । एक जना मानिसलाई ३० दिन आईसीयूमा राख्दा ४ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रवक्ता गौतमले जानकारी दिनुभयो । कोरोना भाइरसको परीक्षण र उपचार दुवै ज्यादै महँगो हुने भएकोले सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमण हुनै नदिन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू