अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

नेपालीभाषी कविहरूबाट कविता वाचन कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७७ साउन ३० गते ९:१७ मा प्रकाशित

अमेरिकाको राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा अमेरिकावासी नेपालीभाषी कविहरूको कविता वाचन कार्यक्रम यही अगस्ट १२, २०२० का दिन जुमका माध्यमबाट भर्चुअल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । करिब दुई दर्जन जना कविहरूले नेपाली र अङ्ग्रेजी भाषामा कविता वाचन गरेका थिए । कार्यक्रम रेडियो हिमालय र ओएसबेबो अनलाइन फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । रेडियो हिमालयका साठी हजार र ओएसबेबो अनलाइनबाट आठ हजारभन्दा बढी श्रोता र दर्शकहरूले कविता वाचनको मनोरञ्जन लिएका थिए ।

डेमोक्रयाटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार द्वय जो वाइडेन र कमला ह्यारिसको समर्थनमा आयोजना गरिएको उक्त कार्यक्रममा डेमोक्रयाटिक पार्टीका डेभान शाह, एसिया प्यासिफिक आइल्याण्डरका प्रमुख डा. श्याम कार्की, डेलिगेट ह्यारी भण्डारीका कार्यालयबाट ज्योमा तामाङ र डेमोक्रयाटिक पार्टीका सक्रिय सदस्य तरुण पौडेलले कार्यक्रम आयोजनाका लागि आयोजक र कविहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको प्रशंसा गरेका थिए । कविता वाचन गर्नेहरुमा डा. श्याम कार्की, सुदिपभद्र खनाल, महेश्वर पन्त, कृष्ण गिरी, उर्मिला निर्दोषी, अग्नि पराजुली, आनन्द श्रेष्ठ, राम लामा अविनाशी, शतिष त्रिपाठी, सर्वज्ञ वाग्ले, दीपा राई पुन, राजेन्द्र श्रेष्ठ, पवन लामिछाने, नेत्र आचार्य, मणि धिमाल, विमला निरौला, तीर्थराज अधिकारी, शकुन्तला ज्ञवाली, नारायण अधिकारी, दिलु चौलागाई, वासुदेव खनाल, पदम विश्वकर्मा आदि थिए । कविहरूले कविता, गजल, मुक्तक आदि वाचन गरेका थिए । कार्यक्रम पदम विश्वकर्मा र सर्वज्ञ वाग्लेले सञ्चालन गरेका थिए । कार्यक्रममा हाउस अफ डेलिगेट ह्यारी भण्डारीले कार्यक्रम सफलताको शुभकामना सन्देश सम्प्रेषण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू