अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

वेपत्ता पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला

बिआरटीनेपाल २०७७ साउन २८ गते ७:१५ मा प्रकाशित

विगत ३ दिनदेखि बेपत्ता भएका पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेलापरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार बिहान खोजी गर्नेक्रममा बल्खुनजिकै खोलामा फेलापरेको जुत्ताको उनकी छोरीले पहिचान गरेलगत्तै मकवानपुरमा मृत फेलापरेको पुष्टि भएको हो ।

तीन दिनअघि बल्खुमा खोलामा हामफालेका बानियाँलाई बचाउन खोज्दा नसकेको प्रत्यक्षदर्शीले बताएका छन् । खोलामा जबर्जस्ती पसेका बानियाँलाई बचाउन खोज्दा नसकेको प्रत्यक्षदर्शीको भनाइ छ । वाग्मती प्रदेशका प्रहरी प्रमुख वसन्त लामाले बानियाँको शव मकवानपुरस्थित माण्डुखोला जलविद्युत् आयोजनाको ड्याममा भेटिएको पुष्टि गर्नुभयो ।

बानियाँ तीन दिनदेखि सम्पर्कमा नआएपछि परिवारले पनि खोजतलासका लागि प्रहरीमा निवेदन दिएको थियो । कान्तिपुर दैनिकमा कार्यरत् बानियाँको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू