अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

प्रमका राजनीतिक सल्लाहकारको आग्रह – “प्रवक्ता जी ! नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ”

बिआरटीनेपाल २०७७ साउन २३ गते ५:५५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेकपा स्थायी कमिटि सदस्य विष्णु रिमालले आफ्नै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गर्नुभएको छ ।

पार्टीमा विवाद भईरहेका बेला एउटा गुटका नेताले भेला गर्दै हिडिरहेका बेला उहाले पदको लाज जोगाउन आग्रह गर्नुभएको हो । “इनफ इज इनफ नारायणकाजी जी ! कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्,” रिमालले ट्वीटर मार्फत भन्नु भएको छ । उहाले ‘विधि र पद्धती’को नक्कली गीत नगाउन समेत श्रेष्ठलाई आग्रह गर्नुभएको छ । “ बिधि र पद्धतीको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! ’, रिमालले भन्नु भएको छ ।

ट्वीटरमा रिमालले घुमाउरो शैलीमा नेकपा प्रवक्ता श्रेष्ठ पार्टी एकता विरुद्ध लागेको आरोप लगाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू