अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

काँग्रेसको कोरोना अनुगमन समितिद्वारा नेपाल मेडिकल एसोसिएशनसँग छलफल

बिआरटीनेपाल २०७७ साउन २३ गते ५:५४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको कोरोना अनुगमन समितिले नेपाल मेडिकल एसोसिएशनसँग छलफल गरेको छ । मेडिकल एसोसिएशन र कोरोना अनुगमन समितिको शुक्रबारको छलफलले सरकार पूर्व तयारीका सवालमा चुकेको निस्कर्ष निकालेको छ । साथै सीमानाका भएर आउनेहरुको स्वास्थ्य व्यवस्थापनको उचित प्रवन्ध गर्नेपर्नेमा जोड दिइएको छ । परीक्षणको दायरा बढाउनु पर्ने, आइसोलेशन बेर्ड र भेन्टिलेटरसहित कोभिड अस्पतालको संख्या बढाउनु पर्ने छलफलका सहभागीको भनाइ थियो ।

बिरामी उपचारको ब्यवसथा यथाशीघ्र मिलाउनु पर्ने छलफलले निस्कर्ष निकालेको छ । छलफलमा समितिबाट संयोजक प्रकाशरण महत, सदस्यहरु एनपी साउद, चन्द्र भण्डारी, नैनसिंह महरलगायत थिए भने मेडिकल एसोसिएशनका अध्यक्ष लोचन कार्कीसहतिका पदाधिकारीको सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू