अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

खाडी र मलेसियाबाट २४६ नेपालीको शव ल्याइयो, १७२ जनाको विदेशमै अन्त्येष्टि

बिआरटीनेपाल २०७७ साउन २३ गते ५:५२ मा प्रकाशित

स्वदेश फिर्ती उडान सुरु भएसँगै खाडी र मलेसियाबाट २४६ नेपालीको शव नेपाल ल्याइएको छ । गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि ल्याउन थालिएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार कोरोना महामारी सुरु भएयता विदेशमा ज्यान गुमाएका ४९४ मध्ये २४६ नेपालीको शव चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।

लकडाउन सुरु भएदेखि अहिलेसम्मको अवधिमा खाडी र मलेसियासहित अन्य देशमा १५ महिला र ४७९ पुरुष गरी ४९४ जना नेपालीको विभिन्न कारणले ज्यान गएको थियो । अन्तर्राष्ट्रिय उडान बन्द भएर शव ल्याउन नपाएपछि कतिपय मृतकका आफन्तले भने परदेशमै सदगतका लागि अनुमति दिएका छन् । आफन्तको सहमतिमै १७२ जना नेपालीको गन्तव्य देशमै अन्त्येष्टि गरिएको बोर्डले जनाएको छ ।

अब खाडी र मलेसियासहित विभिन्न देशमा ७६ नेपालीको शव बाँकी छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोकेपछि विशेषगरी धेरै नेपाली कार्यरत खाडीका देश र मलेसियामा नेपालीको शव पनि रोकिएको थियो । गएको जेठ ३२ गतेदेखि सरकारले लकडाउनकै बीचमा विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान पठाउन थालेपछि भने त्यही जहाजमा नेपालीका शव पनि ल्याउने गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू