अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

सिद्धार्थ राजमार्गको पाल्पा– बुटवल खण्ड एकतर्फीरुपमा सञ्चालन

बिआरटीनेपाल २०७७ साउन १९ गते ६:५९ मा प्रकाशित

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ । सड्कखण्डको भासिएका स्थानमा डाइभर्सन गरी ठूला सवारी साधन ओहोरदोहोर गर्न मिल्ने बनाइएको छ । सड्क एकतर्फीरुपमा खुलेपछि शनिबार दिउँसोदेखि रोकिएका मालवाहक सवारी साधनका साथै बस, मिनी ट्रकलाई डाइभर्सनपछि गन्तव्यतर्फ पठाइएको छ ।

सडक भासिएपछि सडकमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । भासिएका तीन स्थानमा एकतर्फी सवारी साधन सञ्चालन गरेको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले बजानकारी दिनुभयो । यसअघि नै तीन स्थानमा एकतर्फी सञ्चालन हुँदै आएको छ । राजमार्गको पाल्पादेखि बुटवलसम्म १० स्थानमा यातायात सेवा एकतर्फीरुपमा संचालन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू