अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

लीलादेवी सिटौलाद्धारा सांसदको शपथ ग्रहण

बिआरटीनेपाल २०७७ साउन १४ गते ६:२१ मा प्रकाशित

जनता समाजवादी पार्टीका सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

संविधान संशोधन प्रस्तावमा पार्टी ‘ह्वीप’ उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टीले सरिता गिरीलाई निष्कासन गरेपछि रिक्त स्थानमा सिटौला सांसद हुनुभएको हो । ललितपुर महानगरपालिका वडा नम्बर–१३ निवासी सिटौला तत्कालीन समाजवादी पार्टीको खस आर्य समूहबाट समानुपातिक सूचीमा सिफारिस हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू