अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 21:38

समुदायमा कोरोना संक्रमण पुगेपछि वीरगंजमा निषेधाज्ञा जारी

बिआरटीनेपाल २०७७ साउन १० गते ७:३७ मा प्रकाशित

९ महिने बालकसमेत एकै दिन ३१ जना नयाँ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पर्साको वीरगंज महानगरपालिकामा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।पहिले भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिमा मात्रै देखिने गरेको संक्रमण समुदायमै प्रवेश गरिसकेपछि थप संक्रमण हुन नदिन तत्काल महानगरमा निषेधाज्ञा गरिएको वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले जानकारी दिनुभयो । उहाँका अनुसार १३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको महानगर क्षेत्रभित्र गएराति १२ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको हो ।

शुक्रबार वीरगंजस्थित श्रीपुर प्रहरी चौकीको थुनुवा घरमा रहेका पाँच जना भारतीय नागरिक, आरबीबी बैंकका प्रबन्धक र नारायणी अस्पतालको कर्मचारी निवासमा बस्ने दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियोे । त्यस्तै, वीरगंज –१३ मा ९ महिने बालकसमेत विभिन्न वडामा बस्ने ३१ जना नयाँ संक्रमित थपिएका छन् । यस अघि बिहीबार पनि नारायणी अस्पतालको कर्मचारी बस्ने निवासका २० र २२ वर्षीया दुईजना महिलासहित महानगरको विभिन्न वडामा बस्ने १७ जना नयाँ संक्रमित पुष्टी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू