अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३० | Colorodo: 20:45

राष्ट्रपति भण्डारीका कारण राजतन्त्र नै ठीक भन्ने अवस्था आयो– कांग्रेस नेता कोइराला

बिआरटीनेपाल २०७७ साउन ६ गते ७:२५ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीका कारण नेपालमा राजतन्त्र नै ठीक थियो भन्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । सत्तारुढ नेकपाभित्रको किचलोमा भण्डारीले राष्ट्रपति भवन शितल निवासमा बसेर देखाएको सक्रियताले संस्था नै बद्नाम हुन पुगेको कोइरालाको दाबी छ।

नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३८ औं स्मृति दिवसका अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले गरेको कार्यक्रममा उहाँले भण्डारीले सम्मानित संस्थाको गरिमा राख्न नसकेको उल्लेख गर्नुभयो । अर्चुअल कार्यक्रममा डा. कोइरालाले भन्नुभयो, ‘राष्ट्रपति देशको हुनुपर्छ। तर उहाँका गतिविधिले नेकपाको राष्ट्रपति जस्तो भएको छ।’ कोइरालाले राजा त तटस्थ हुन्थे भने मानसिकता आम मानिसमा विकास हुँदै गएको उल्लेख गर्नुभयो ।

नेकपाभित्र विवाद हुँदा राष्ट्रपति भण्डारीले शितल निवासबाट प्रत्यक्ष हस्तक्षेप गर्दै आउनुभएको छ । नेकपाका हरेक बैठक अघि र पछि उहाँले पार्टीका शीर्ष नेताहरुलाई भेट्न तथा निर्देशन दिने जस्ता अस्वभनीय गतिविधि गर्दै आउनुभएको हो ।

गत शनिबार भण्डारीले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राखेर जबज स्वीकार गरे नेकपाको भावी अध्यक्ष बन्न प्रचण्डलाई बनाउने प्रस्ताव गर्नुभएको थियो । महामन्त्री कोइरालाले सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न गलत ढंगले काम गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू