अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

सरिता गिरीद्धारा पार्टी र सरकारविरुद्ध सर्वोच्वमा मुद्दा

बिआरटीनेपाल २०७७ असार २८ गते ६:३७ मा प्रकाशित

पार्टी कार्वाहीमा परी निश्काशित समाजवादी पार्टीकी सांसद सरिता गिरिले पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराउनुभएको छ ।आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको भन्दै सांसद गिरिले सर्वोच्च अदालतमा आइतबार मुद्दा दर्ता गराउनुभएको हो ।

आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएकाले त्यसविरुद्ध न्यायका लागि अदालत आएको उहाँले प्रतिक्रिया दिनुभएको छ । संसदीय दलको सिफारिशमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने जिकिर पनि गर्नुभएको छ ।

पार्टी निर्णयविपरित गई लिम्यिाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीले कारबाही गरेको छ । सांसद गिरि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समेट्ने प्रक्रियासँग असहमत रहँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू