अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३२ | Colorodo: 03:47

नेपालमा कोरोना संक्रमणको दल घट्यो, शुक्रबार १ सय १८ जना संक्रमित थपिंदा १ सय २० जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ असार २६ गते ६:५८ मा प्रकाशित

नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गएको छ । एकै दिन ७ सय भन्दा बढी संक्रमित भेटिएको मुलुकमा २÷४ दिन यता उल्लेख्यरुपमा कम संक्रमित भेटिएका छन् । संक्रमितको बृद्धिक्रम घट्दै जाँदा शुक्रबार (आज ) १ सय १८ जना कोरोनाभाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गरिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यसैगरी पछिल्लो २४ घण्टामा १ सय २० जना संक्रमित कोरोनाको उपचारपछि डिस्चार्ज भएका छन् । यो संगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ११ जना रहेको छ ।संक्रमितमध्ये ४८.१० प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या १६ हजार ६ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ३ जनाको मात्र पीसीआर परीक्षण भएको छ । तर, परीक्षण स्वात्तै घटाइएको भन्दै सरकारको आलोचनासमेत भएको छ ।

हाल २३ हजार ९ सय १० जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ३ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ । मुलुकका ६ धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ्ग र हुम्ला लगायतका ६ जिल्ला कोरोनामुक्त भएका छन् । ५ सय बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा गरी ६ जिल्ला रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ भने केही दिनदेखि मृतक थपिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू