अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

रुकुममा महिलामाथि प्रहरीको निर्घात कुटाई, भिडियो डेढ महिनापछि सामाजिक संजालमा भाइरल

बिआरटीनेपाल २०७७ असार २४ गते ६:५३ मा प्रकाशित

सामाजिक सञ्जालमा एक महिलामाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएको छ । रुकुम पश्चिम आठबीसकोट नगरपालिकामा नगर प्रहरी र प्रहरीले २१ वर्षीय नेहा विष्टलाई निर्घात अमानवीय तरिकाले कुटेको भिडियो सार्वजनिक भएको हो ।

दुई जना पुरुष प्रहरी र एक महिला नगर प्रहरी मिलेर महिलामाथि कुटपिट गरेको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । हेल्थ डेस्कमा रहेकी स्वास्थ्यकर्मी डोल्मा मल्ललाई अश्लिल गाली गरेर हातपात गरेपछि महिलामाथि कुटपिट भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमले जेठ १ गते भएको उक्त घटनाबारे व्यापक विरोध र आलोचना भएपछि उक्त घटनाबारे छानबिन गर्ने भएको छ ।

कुटाई खाने महिलाले मादक पदार्थ सेवन गरेर आएको र स्वास्थ्य जाँच गर्ने क्रममा स्वास्थ्यकर्मी डोल्मा मल्ललाई अश्लिल गाली गरी हातपात गरेको र हेल्थडेस्कको डोरी चुँडाली कुर्सीसमेत फालेकाले डेस्कका सुरक्षाकर्मीले सम्झाइबुझाई गर्दा समेत नमानेपछि नियन्त्रणमा लिने क्रममा त्यस्तो हुन गएको प्रहरीले जनाएको छ । नगरप्रहरी निर्मला विकको सहयोगमा नेहालाई नियन्त्रणमा लिएर जेठ २ गते वडाध्यक्ष तारक शाहीको रोहवरमा छाडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू