अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 23:33

आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

बिआरटीनेपाल २०७७ असार २१ गते २२:३२ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज -८९०००००१ देखि ट – ३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ । नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू