अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

गण्डकी प्रदेशमा कोरोनबाट मृत्यु हुनेको संख्या ३, संक्रमितको संख्या १ हजार ७९ पुग्यो

बिआरटीनेपाल २०७७ असार २० गते २:४७ मा प्रकाशित

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७९ पुगेको छ ।प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा शनिबार १६ जना संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको बरेङ र ढोरपाटनका १र १ पुरुष, म्याग्दीको मंगलाका १ र रघुगंगाका २ जनामा कोरोना पुष्टि भएको छ ।स्याङ्जाको पुतलीबजारका १ पुरुष, तनहुँको भीमादका १ पुरुष, कास्कीको पोखराका २ पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुरको देवचुली ५ पुरुष र २ महिला गरी शनिबार बिहान ६ जिल्लामा थप १६ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यसअघि पालुंगटार नगरपालिका – ७, बर्ष ४४ का १ जना कोरोना संक्रमित पुरुषको बिहान ५ः०५ बजे गोरखा अस्पतालमा मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने मुलुकमा कोरोना संक्रमणका कारण अहिलेसम्म ३३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू