अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बिआरटीनेपाल २०७७ असार १८ गते ६:५० मा प्रकाशित

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिएको छ । प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोली सबै प्रदेशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, डुबान तथा यातायातमा समेत अवरोध जस्ता विपद् आउने सम्भावना रहेकाले होसियारी अपनाउन आग्रह महाशाखाका मौसमविद्हरूले आग्रह गरेका छन् । हिजो र आज कम भएको वर्षा भोलीबाट अझ बढ्ने मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू